यी हुन् पाँच महिनामा ४ अर्बमाथि आयात भएका २५ वस्तु



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा ३.३९ प्रतिशतले कम वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

नेपालले पाँच महिनाको अवधिमा हजारौं वस्तु आयात गर्दा ४ अर्ब रुपैयाँमाथिको २५ वस्तु आयात गरेको छ ।

पाँच महिनामा नेपालले सबैभन्दा धेरै डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ । नेपालले मंसिरसम्ममा ५३ अर्ब ९० करोड ३३ लाख रुपैयाँको४ लाख ८९ हजार किलोलिटर डिजेल आयात गरेको छ । त्यसैगरी, २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँको पेट्रोल र २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँको एलपीजी ग्यास आयात गरेको छ ।

यी हुन ४ अर्बमाथि आयात भएका वस्तु:


क्लिकमान्डु