यी हुन् विद्युतीय गाडी नेटा भीका ६ विशेषता



काठमाडौं । छोटो समयमै चिनियाँ विद्युतीय गाडी नेटा भी लोकप्रिय बनेको छ । व्यापारिक घराना चौधरी समूहको सिजी मोटर्सले नेटा भीका गाडीहरु आयात गरि बिक्री वितरण गर्दै आएको छ ।

नेटा भी नेपाल मात्र नभई संसारभरिकै इभी पारखीहरुको रोजाइमा पर्दै आएको छ ।

नेपाली उपभोक्तालाई नेटा भीबारे जानकारी दिने उदेश्यले यो सामग्री तयार गरिएको हो । विशेष गरि नेटा भीमा ६ उत्कष्ट सेग्मेन्ट रहेको कम्पनीको दाबी छ ।

१. इभी प्लाटफर्ममा निर्मित

हाल नेपाली बजारमा उपलब्ध धेरैजसो इभीहरु आईसी इन्जीन प्लाटफर्ममा निर्मित भएकाले इभीमा हुनुपर्ने धेरैजसो गुणहरु यस्ता गाडीमा पाइँदैन ।

यस्ता इभीहरु पहिले पेट्रोल वा डिजल इन्धनका लागि बनाइएको हो अनि पछि यसमा सामान्य परिवर्तनहरु गरेर इभीका रुपमा लिएर आइएको हो । इभी प्लाटफर्ममा निर्मित नभएकाले यस्ता इभीहरुको रेन्ज, ब्याट्रिको जीवन लगायत अन्य परफर्मेन्सहरुमा समस्या हुने गर्छ ।

यसको विपरित, नेटा भी इभी प्लाटफर्ममा नै बनेकोले यसले यस सेगमेन्टमा उत्कृष्ट परफर्मेन्स दिइरहेको छ ।

२. सेगमेन्टकै उत्कृष्ट रेन्ज

नेटा भीमा प्रयोग हुने सीएटीएल् ब्याट्री इभीमा उत्तम मानिने टेस्लाले समेत प्रयोग गर्नेगर्छ । उच्च गुणस्तरको ब्याट्री तथा अन्य प्राविधिक कारणका साथै नेटा भीको डल्फिनको जस्तो एरो–डाइनामिक बडी डिजाइनको कारणले नेटा भीले एक फुल चार्जमा ३८० किमीको रेन्ज दिन्छ ।

यो उच्च रेन्जको कारणले गर्दा नेटा भी चलाउनेहरुसँग ढुक्कसँग राजमार्गहरुमा लामो दुरीका यात्रा गरिरहेका देखिन्छन् । ग्राहकहरुसँग बुझ्दासमेत नेटा भीको रेन्जमा कुनै शंका नरहेको जानकारी पाइएको कम्पनीले जनाएको छ ।

३. वारेन्टी

कुनै पनि सवारीसाधनले दिने वारन्टीले यसका निर्माताहरु आफ्नो गुणस्तरमा कतिसम्म ढुक्क छन भन्ने देखाउँछ । नेटा भीका ग्राहकहरु नेटा भीले दिने वारेन्टीका कारणले सँधै ढुक्क रहन्छन् किनभने नेटा भीले सर्वाधिक वारेन्टी दिने गरेको छ ।

नेटा भीले गाडीमा १० वर्षसम्मको वारेन्टी दिएको छ भने ब्याट्री तथा मोटरमा ८ वर्षको वारेन्टी दिएको छ । यहि कारणले पनि गाडी किन्न चाहनेहरुको छनोटमा नेटा भी पर्न गएको कम्पनीको दाबी छ ।

४. ६३% हाइस्ट्रेन्थ स्टिल बडी

नेटा भीको बडीमा ६३% हाइस्ट्रेन्थ स्टिलको प्रयोग भएको हुनाले यो अत्यन्तै बलियो छ । यसले गर्दा साधारण वा सामान्य दुर्घटना भएमा पनि यसको बडीमा खासै क्षति नहुने कम्पनीले जनाएको छ ।

हाइ टेन्साइल स्टिलको फाइदामा बलियोपना, बढी टिकाउ, बढी लचकताका साथै रेन्जसमेत रहेको कम्पनीले जनाएको छ । यहि सुरक्षाको प्रत्याभूतिका कारणले पनि सवारी किन्न चाहनेहरुले नेटा भीलाई छान्ने गरेको कम्पनीको भनाइ छ।

५. एचईपीटी ३.० बीएमएस

नेटा भीको अर्को विशेषता एचईपीटी ३.० व्याट्री म्यानेजमेन्ट सिस्टम हो । यो विशेषता नेपालमै पहिलो पटक नेटा भीले लिएर आएको हो । यो प्रविधीले जाडो वा गर्मी, ब्याट्रिमा एकनासको तापक्रमको ब्यवस्थापन गर्ने गर्छ ।

अन्य विद्युतीय सवारीमा जाडोमा चिसो भएर ब्याट्री डिस्चार्ज हुने समस्या आउँछ भने गर्मीमा ब्याट्री तात्ने समस्या आउँछ । नेटा भीमा प्रयोग भएको यो प्रविधीले ब्याट्रीलाई तात्न वा चिसिन नदिई ब्याट्रीको परफर्मेन्स यथावत राखि ब्याट्रिको आयुलाईसमेत लम्ब्याउँछ ।

६. एचईपीए नाइन ९५ फिल्टर

नेटा भीमा एचईपीए नाइन९५ फिल्टरको प्रयोग भएको हुनाले भेन्टिलेशन हुँदै बाहिरबाट भित्र आउने हावामा धुलोका कणका साथै भाइरसहरु समेत गाडीभित्र नछिर्ने कम्पनीको दाबी छ । यसले गर्दा नेटा भीमा प्रदुशित स्थानहरुमा यात्रा गर्दासमेत यात्रा सुरक्षित र आरामदायी रहने कम्पनीको विश्वास छ।

यी विशेषताहरुले नेटा भीलाई एक उत्कृष्ट विद्युतिय सवारीसाधनका रुपमा छुट्टै उभ्याउने गर्छ र यहि कारणले गर्दा पनि नेटा भी विश्व तथा नेपालका सवारीसाधन धनीहरुको छनोट पर्न सफल भएको कम्पनीको दाबी छ।


क्लिकमान्डु