अरुण भ्याली हाइड्रोपावरले बनायो सेयरधनीको हातखाली



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीको हात खाली बनाउने भएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीले पुस २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।


क्लिकमान्डु