घोराही सिमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । घोराही सिमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

यस्तै उक्त बोनस सेयर वितरण गर्दा हुन आउने खडित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने जनाएको छ ।

कम्पनीले पुस २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १६ ते बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुने अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् भने लाभांश पनि पाउनेछन् ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु