लेखा समितिलाई कम्पनी रजिष्ट्रारको जवाफ: एनसेल किनबेचबारे जानकारी छैन (पत्रसहित)



काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई कम्पनी रजिष्ट्रारको कार्यालयले एनसेल आजियटा किनबेचबारे जानकारी नभएको जवाफ पठाएको छ ।

लेखा समितिले आन्तरिक राजस्व विभागका महानिर्देशक, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई पत्र एनसेल खरिद-बिक्रीबारे सोधेपछि कार्यालयले जवाफ पठाएको हो ।

समितिका ९ वटै प्रश्नको उत्तर कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार पठाएको छ । मलेसियन कम्पनी आजियटाले शुक्रबार ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बेचेको प्रेस विज्ञप्ति जारी गरेको थियो ।

प्रेस विज्ञप्तिअनुसार आजियटाले ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके लिमिटेडसँग बिनासर्त बिक्री गर्ने सम्झौता गरेको हो ।


क्लिकमान्डु