दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प

0
Shares

काठमाडौं । दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको सिटौला केन्द्र गरी बिहान १०:१२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त भएको छैन।