
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अग्नि नियन्त्रणको अभ्यास भएको छ । मंगलबार विहान नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तगर्तको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अग्नि नियन्त्रण अभ्यास गरेको विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जानकारी दिए ।
विमानस्थल कार्यालयका अनुसार नियमित हुने अभ्यास अन्तर्गत अग्नि नियन्त्रणको नमून अभ्यास गरिएको छ । यसका लागि विमानस्थलको एक छेउमा मुस्लो निस्कने गरी प्रज्वलनशील पदार्थ प्रयोग गरेर आगो बालिएको र त्यसलाई निभाउने काम गरिएको छ ।
यस्तो अभ्यासले आकस्मिक रुपमा हुने घटना र विमानस्थल क्षेत्रभित्र खटिएका कर्मचारी र सम्बन्धित कर्मचारीको कायक्षमतालाई बढाउने काम गरेको पनि उल्लेख छ ।








प्रतिक्रिया