तातड ग्रुपको विशाल प्लास्टोक्याब इन्डष्ट्रिजले एकै वर्ष गर्‍यो साढे ६३ करोडको व्यापार



काठमाडौं । तातड ग्रुपद्वारा सञ्चालित विशाल प्लास्टोक्याब इन्डष्ट्रिजन प्रालिले एकै वर्ष साढे ६३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ६३ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ५८ करोड ५० लाख, सन् २०२१ मा ५४ करोड २० लाख र सन् २०२० मा ३८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ८ प्रतिशतले बढेको छ । कम्पनीले १३ प्रतिशत नाफा बढाएको छ । 

कम्पनीले चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा २७ करोड १० लाख रुपैयाँको व्यापार गरिसकेको छ । जुन निकै सकारात्मक रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले तार, केबल, कन्डक्टर, यूपीभीसी पाइप, फिटिङ र एचडीपीइए पाइप उत्पादन गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी सामग्री उत्पादन गर्दै आएको छ ।

कम्पनीले विशाल र सुप्रेमो ब्रान्डमा उत्पादित सामग्री बिक्री गर्दै आएको छ । बच्छराज तातड र विवेक तातडको ३०-३० प्रतिशत र विशाल तातड र सौरभ तातडको २०-२० प्रतिशत हिस्सा छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६९ करोड ३७ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु