दसैं तिहारमा नबिकेका च्याङग्रालाई खाद्यले लिलामीमा राख्यो
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं तिहारमा बिक्री भएका च्याङग्रा लिलामीमा राखेको छ ।
शुक्रबार च्याङग्रा बिक्री सम्बन्धी गोप्य सिलबन्दी दरभाउपत्र आह्वानको सूचना जारी गर्दै इच्छुक फर्म,संस्था,कम्पनी र व्यक्तिलाई शिलबन्दी पेस गर्न आह्वान गरेको हो ।
कम्पनीले दसैं तिहारका लागि ५ सय च्याङग्रा मुस्ताङबाट खरिद गरेर काठमाडौँ ल्याएको थियो ।
दसैं तिहारमा च्याङग्रा सबै बिक्री नभएपछि बाँकी रहेकालाई लिलामी मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले जिउँदो च्याङग्राको न्यूनतम मूल्य प्रतिकेजी १ हजार १ सय २५ रुपैयाँ राखेको छ ।