अमेरिकी पूर्वमन्त्रीसमेत रहेका कूटनीतिज्ञ किसिंजरको निधन

133
Shares

एजेन्सी । अमेरिकाकी पूर्वमन्त्री तथा चर्चित कूटनीतिज्ञ हेनरी किसिंजरको १ सय वर्षको उमेरमा निधन भएको छ ।

किसिंजर एक सफल विश्लेषक, कूटनीतिज्ञ तथा राजनीतिकर्मी थिए । अमेरिकाको विदेश नीतिमा ठूलो योगदान गरेका उनी विश्वभरमा नै रुचाइएका कूटनीतिज्ञमा पर्छन् । अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सन र जेरल्ड कोर्डको सरकार हुँदा किसिंजरसँग नै विदेश नीतिको जिम्मेवारी थियो।

राजनीतिबाट बिदा भएपछि भने उनी लेखकका रुपमा विश्व राजनीतिमा नै प्रभाव पार्ने किसिमले देखिएका थिए ।

सय वर्ष बाँचेका उनले नोभेम्बर २९ अर्थात बुधबार अमेरिकाको केनेक्टिकटस्थित आफ्नो घरमा अन्तिम सास लिएका छन् ।

जिउँदो छँदै ओविच्यूरी लेखिएका किसिंजरको मृत्युमा विश्वभर विभाजित भएको छ । धेरैले उनलाई महान कुटनीीतज्ञ मानेका छन् भने केहिले उनको कटु आलोचना पनि गरेका छन् ।

यसैक्रममा अमेरिकी समाजवादी म्यागेजिन ज्याकोबिनले ‘वन्ली द गुड डाइ योङ’ शीर्षकमा किताबजत्रै ‘एन्टिअबिच्युरी’ प्रकाशन गरेको छ। जसमा अनेक लेखकले लेखेका छन्। खासमा यो एन्टिअबिच्युरी केही वर्षपहिले नै लेखिएको थियो। यसको हजारौँ प्रति प्रकाशित गरेर ज्याकोबिनले उनको मृत्युको प्रतीक्षा गरेको थियो।