टिकटक बन्द नगरे इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी



काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक बन्द नगरेमा ५५ इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेज गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै ‘सरकारले सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निणर्य भएअनुसार कार्यान्वयन गर्न सूचित गर्दै कार्यान्वयन नगर्ने सेवा प्रदायकलाई पनि २४ घण्टाभित्रमा निणर्य कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

हालसम्म पनि उक्त निणर्यको कार्यान्वयन नगर्ने ५५ इन्टरनेट सेवा प्रदायकहरुलाई २४ घण्टाभित्र निणर्य कार्यान्वयन भएनभएको विषयमा जानकारी गराउन र यी कम्पनीहरुले २४ घण्टामा कुनै जवाफ नदिएमा लाइसेन्स खारेज गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।

सूचनामा प्राधिकरणले भनेको छ, ‘उल्लेखित इन्टरनेट सेवा प्रदायकहरुबाट २४ घण्टाभित्र कुनै जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति पत्र खारेजी लगायतको कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा जानकारी गराइन्छ ।’

प्राधिकरणले हालसम्म पनि टिकटकमाथि प्रतिबन्ध नलगाएका इन्टरनेट सेवा प्रदायकहरुको सूचिसँगै यो चेतावनी दिएको हो ।

हेर्नुहोस् कुन-कुन इन्टरनेट सेवा प्रदायकले पाए चेतावनी ?


क्लिकमान्डु