नवलपरासीको देवचुलीमा घरमा ठोक्कियो जीप, ६ जनाको मृत्यु



पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको हो ।

जिल्लाको देवचुली नगरपालिकास्थित गोरे घुम्तिमा आइतबार जीप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवबहादुर पौडेलले जानकारी दिए । मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेका छन् ।

आइतबार बिहान साढे ११ बजे जीप दुर्घटनामा परेको हो । मोडमा घुमाउँदा ब्रेक नलागेर जीप घरमा ठोक्किएको प्रहरीको भनाइ छ । मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।


क्लिकमान्डु