‘आधा जनसंख्यामा भर परेर कुनै देश धनी बन्न सक्दैन, महिलालाई काममा ल्याउनै पर्छ’



मोरक्को (मराकस) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना गर्गिएभाले महिलालाई अर्थतन्त्रसँग नजोड्दासम्म कुनै पनि देश धनी बन्न नसक्ने बताएकी छिन् ।

मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रहरूमा समावेशी विकासको भविष्य शीर्षकमा युवाहरुसँग छलफल गर्दै गर्गिएभाले आर्थिक समृद्धि हासिल गर्न महिलाको योगदान महत्वपूर्ण हुने बताइन् ।

‘५० प्रतिशत जनसंख्यामा निर्भर भएर कुनै पनि देश धनी बन्न सक्दैन,’ गर्गिएभाले भनिन्,‘महिलालाई काममा ल्याउन र टिकाउन सबैको सामूहिक प्रयास जरुरी छ ।’

महिलालाई काममा ल्याउन सबै भन्दा पहिला कानूनी अबरोध हटाउनु पर्ने गर्गिएभाको भनाइ छ ।

‘कानूनी अवरोध हटाउँदैमा महिला सहभागि बढ्दैन् । हामीले समान तलब भत्ता पाउने, महिला मैत्री कार्यस्थल बनाउने पनि काम गर्नु पर्छ,’ गर्गिएभाले भनिन्,‘जसरी घरमा सानो बच्चा हुँदा समेत पुरुषहरु ढुक्कले काम गर्न सक्छन् । महिलालाई पनि घर र बच्चाको तनाब नलिइ काम गर्न सकिने वातावरण बनाईदिनु पर्छ ।’

डर, त्रास, तथा उड्पीजनबाट जोगाउन महिलामैत्री पूर्वाधारमा लगानी बढाउनु पर्ने गर्गिएभाको भनाइ छ ।

‘अहिले कयौं देशमा रातिको समयमा महिलाले हिँड्न सकिने पूर्वाधार छैन,’गर्भिएभाले भनिन्,‘संसारभरका सबै सरकारले महिला मैत्री पूर्वाधारमा लगानी बढाउनु पर्छ ।’


क्लिकमान्डु