सेयर बजारमा सामान्य गिरावट: कसले कमाए, कसले गुमाए ?
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६.४५ अंकले घटेर परिसूचक १९६१.३७ बिन्दुमा रोकिएको छ ।
२७७ कम्पनीको २४ लाख ८० हजार ९२९ कित्ता सेयर ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँको सेयर किनबेच भएको छ । पछिल्लो समय बजारमा कारोबार रकम पनि घट्दै गएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको २.९१, विकास बैंक ४.११, वित्त १२.७९, होटल ४३.७३, होटल १३.०४, जीवन बिमा ६८.२८, माइक्रोफाइनान्स ७.५०, निर्जीबन बिमा समूहको उपसूचक ५८.८६ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन समूहको उपसूचक १९.७२ अंकले बढेको छ ।
कारोबारमा एनएमबि माइक्रोफाइनान्स लघुवित्त वित्तीय समूहको उपसूचकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै नेरुडे लघुवित्त वित्तीय संस्था, इङवा हाईड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
गुमाउनेमा लिबर्टी इनर्जी, आशा लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, बाराही हाईड्रोपावर कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर रहेको छ । कम्पनीको ७ करोड ५८ लाख ९७ हजार ७९३ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः साल्ट टे«डिङ कर्पोरेशन र आइएमई लाईफ इन्स्योरेन्स रहेको छ ।