सर्वसाधारणका लागि मीड सोलु हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै
काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले भदौ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेृको हो । प्रतिकित्ता सय रुपैयाँका दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ भने १४ हजार ९६८ कित्ता कम्पनीका कर्मचारी र ३७ हजार ४२० कित्ता सेयर म्युचुअल फन्डलाई छुटयाएइको छ ।
सर्वसाधारणका लागि छुट्याएको आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग अनुसार आवेदन नपरको खण्डमा असोज ११ गतेसम्म न्यूनतम देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
आईपीओमा सी-आस्वा सदस्य तथा बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।