पल्सर २५० को मूल्य ४५ हजारले घट्यो



काठमाडौं । बजार मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज ब्राण्डको पल्सर एन सिरिज अन्तर्गतको २५० मोडलको मूल्यकमा भारि कटौति गरेको छ । यो मोडलको मोटरसाइकलको मूल्यमा ४५ हजार रुपैयाँ घटाइएको छ ।

४ लाख ९४ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको एन २५० मोडलको पल्सर मोटरसाइकलको मूल्यमा ४५ हजार घटाएर अहिले उपभोक्ता मूल्य ४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यस्तै बजाजकै डोमिनार २५० मोडलको मूल्यमा पनि ४५ हजार रुपैयाँ घटाइएको थियो ।

कर घटेपछि मूल्य घट्दो क्रममा

सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा कर घटाएपछि मूल्य पनि घट्ने क्रममा पुगेको हो । भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा गत जेठ १६ गतेदेखि आयात भएको मोटरसाइकलमा घटेको कर लागू हुँदा मोटरसाइकलको मूल्य घटन् थालेको हो ।

सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत २०० देखी २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क घटाएको छ । गत साउन १५ गतेसम्म ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा चालु आर्थिक बर्षको आर्थिक विधेयक २०८० मार्फत २० प्रतिशत घटाएर ६० प्रतिशत कायम गरिएको हो ।

आर्थिक विधेयक २०८० मार्फत एसेम्बल र अनएसेम्बल दुवै मोटरसाइलकमा कर घटाइएको छ । २५० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थाका मोटरसाइकलमा ४० प्रतिशत लाग्नै आएकोमा वर्ग परिवर्तन गरेको छ । २५० देखि ४०० सीसीसम्मका मोटरसाइलमा ६० प्रतिशत लाग्ने व्यवस्था गरेको छ । यसमा २० प्रतिशतले कर बढाएको छ ।
४०० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थामा ६० प्रतिशत र तयारी अवस्थाका मोटरसाइलमा ८० प्रतिशत लाग्ने व्यवस्था गरेको छ । ५०० सीसी माथीका सबै मोटरसाइकलमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्थालाई निरन्तरता दिएको छ ।

त्यस्तै नेपालमै एसम्बल गर्नेका लागि २०० सीसी देखि २५० सीसीसम्मकामा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ । तयारी अवस्थाका मोटरसाइलमा ४० प्रतिशतलाई निरन्तरता दिइएको छ । २५० देखि ५०० सीसी सम्मका नेपालमा बन्ने मोटरसाइकलमा ३० प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था भएको छ । तयारी अवस्थाका मोटरसाइकलमा ७० प्रतिशत लाग्दै आएको छ ।


क्लिकमान्डु