दाङमा दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ



दाङ । दाङको देउखुरीमा दृष्टिविहीन बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

राप्ती गाउँपालिकास्थित एक विद्यालयमा अध्ययन गर्ने १३ वर्षीया दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका कार्यालय सहयोगी तथा बसका सह-चालक रामबहादुर खनाललाई पक्राउ गरेको हो ।

उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए ।

खनालले भदौ ४ गते बालिकालाई बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ । पाँच वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।


रवि धिताल