संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नाम अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रश्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र अनुभव समेतलाई आधार बनाई समितिले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य सभापति पशुपति समशेर जबराले जानकारी दिए ।

‘संसदीय सुनुवाइ समितिको मिति २०८० साउन २३ गते बसेको बैठकले प्रश्तावित प्रधान्यायाधीश उपर उजुरीको लागि १० दिनको समयावधि राखि सूचना प्रकाशन प्रशारण गर्ने निर्णय गरेको थियो । उक्त अवधिमा जम्मा तीन वटा उजुरी प्राप्त भएको र एक जना उजुरी कर्तासँग आज साढे १० बजे समितिको बैठकमा आमन्त्रित गरी छलफल गर्ने कार्य सम्पन्न भयो । त्यसपछि प्रश्तावित व्यक्तिलाई सुनुवाइका लागि आमन्त्रण गरी संसदीय सुनुवाइ कार्य गरी तत्पश्चात समितिको आजको बैठकबाट देहाय बमोजिमको निर्णय भएको जानकारी गराउँदछु । संवैधानिक परिषद्को निर्णय बमोजिम श्री विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि प्रश्ताव गरी नेपालको संविधानको धारा २९२ को धारा १ बमोजिम संसदीय सुनवाईका लागि लेखेर आएको पत्रको सुनुवाइ गर्दा प्रश्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक, संयुक्त समिति र नियमावली २०८० को नियम बमोजिम प्रश्तावित व्यक्तिलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तीका लागि सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरियो ’ राणाले भने ।

यसअघि बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो भावी कार्ययोजना समिति समक्ष पेस गरेका थिए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गत साउन २० गते उमेरहदका कारण सेवाबाट अवकाश लिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश श्रेष्ठलाई संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


क्लिकमान्डु