अमेरिकी कम्पनीले किन्यो वर्ल्डलिंकको १३ हजारभन्दा बढी कित्ता सेयर



काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सेयर बिक्री गरेको छ ।

कम्पनीले १३ हजार ३९२ कित्ता सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँका दरले बिक्री गरेको हो ।

नेप्सेका अनुसार साउन पहिलो साता उक्त सेयर ओटीसी (ओभर दि काउन्टर) बजारबाट कारोबार भएको हो ।

वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले आफ्नो नाममा रहेको सेयर अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीलाई १२ करोड ५५ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका हुन् ।

ओटीसी मार्केटमा कारोबार गर्दा व्यक्तिको हकमा १० र कम्पनीको हकमा १५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ ।


रवि धिताल