भोलिसम्म गालेर गुणस्तर जाँच हुने, प्रतिकार्टुन २० वटा ब्रेक सुबाट निकालियो सुन



काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले ब्रेक सु मा रहेको सुन निकाल्ने काम जारी रहेको जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको एक क्विन्टल सुन सोमबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुबाट छुट्याउने काम भइरहेको छ ।

महाशाखा प्रमुख आचार्यले सुन निकालिसकेपछि गाल्ने र त्यसको तौल लिने काम हुने जानकारी दिए । गौतमका अनुसार भोलिसम्म सुन गाली सक्न प्रयास गर्ने बताए । त्यसपछि सुनको गुणस्तर जाँच हुने उनको भनाइ छ ।

‘गालीसकेपछि किलो र तौल निस्किन्छ । यसको टच गुणस्तर केहो भन्नेकुराका लागि आज वा भोलिसम्म गाल्न प्रयास गर्छौं यसको ३ दिन पछि गुणस्तर परीक्षण हुन्छ ‘ आचार्यले भने ।

एक कार्टुनमा २० वटा ब्रेक सु रहेको उनले बताए । ‘ब्रेक सुको बाहिर पनि त्यो चिज छैन । सुन भनिएको पदार्थ सानो छ’ आचार्यले भने ।

ब्रेक सुबाट सुन निकाल्ने काममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) राजस्व अनुसन्धान विभाग, राष्ट्र बैंक केन्द्रको प्रतिनिधि र साँचो बुझ्ने टक्सारको प्रितिनिधि रहेको र काम पार्दर्शी रुपमा काम भइरहेको उनले बताए ।


क्लिकमान्डु