नेपाल इन्भेष्टमेन्ट, प्रभु र प्राइम बैंकका सेयरधनीले लाभांश नपाउने



काठमाडौं । तीन वटा वाणिज्य बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र प्राइम बैंकले लाभांश दिन नसक्ने देखिएको हो ।

आइतबार प्रकाशित वित्तीय विवरण अनुसार गत वर्षको नाफाबाट सबैभन्दा कम लाभांश दिने क्षमता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । यो बैंकको लाभांश क्षमता ०.४६ प्रतिशतमात्रै छ। गत वर्ष बैंकले ११ प्रतिशत लाभांश दिएको हो ।

त्यसैगरी, प्रभु बैंकको लाभांश क्षमता ०.६४ प्रतिशत छ भने प्राइम बैंकको लाभांश क्षमता १.०६ प्रतिशत रहेको छ । हिमालयन र कुमारी बैंकको लाभांश क्षमता भने ऋणात्मक छ । गत वर्ष प्रभु बैंकले ८ प्रतिशत लाभांश दिएको थियो भने प्राइम बैंकले ९.९५ प्रतिशत लाभांश दिएको थियो ।


क्लिकमान्डु