७ वाणिज्य बैंकको लाभांश दिने क्षमता १० प्रतिशतमाथि, दुई बैंकको ऋणात्मक



काठमाडौं । बैंकहरुको लाभांश दिने क्षमता खुम्चिँदै गएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ वटाले मात्रै १० प्रतिशतभन्दा बढी लाभांश दिने हैसियत राख्नछन् ।

बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकले राख्छ । एभरेष्टले गत वर्षको नाफाबाट यो वर्ष सेयरधनीलाई ४०.५ प्रतिशत लाभांश दिनसक्छ ।

त्यसैगरी, बढी लाभांश दिने क्षमता राख्ने दोस्रो बैंक हो एनआइसी एशिया । एनआइसी एशियाले ३१.९९ प्रतिशत लाभांश दिने क्षमता राख्न । यो बैंकले पुँजीकोष अनुपात नपुगेका कारण अघिल्लो वर्षको नाफाबाट गत वर्ष लाभांश दिन पाएको थिएन ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट २८.९९ प्रतिशत लाभांश दिने क्षमता राख्छ भने माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

त्यस्तै, नविल बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत छ भने १३.९३ प्रतिशत लाभांश दिने क्षमता राख्छ । त्यसैगरी, कृषि विकास बैंकको १०.०६ प्रतिशत लाभांश दिने क्षमता छ । सानिमा बैंकले ९.९८ प्रतिशत लाभांश दिने क्षमता राख्छ भने लक्ष्मी सनराइज बैंकले ८.९४ प्रतिशत, ग्लोबल आइएमइ बैंकले ८.२७ प्रतिशत र एनएमबि बैंकले ८.१८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
त्यस्तै, सिटिजन्स बैंकले ७.३ प्रतिशत, नेपाल बैंकले ६.६२ प्रतिशत, सिद्धार्थ बैंकले ५.६४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

प्राइम बैंकले १ प्रतिशत, प्रभु बैंकले ०.६४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.४६ प्रतिशत लाभांश दिने क्षमता राख्छन् । हिमालयन र कुमारी बैंकको लाभांश दिने क्षमता ऋणात्मक छ ।

गत वर्षको नाफाबाट कुन बैंकले कति लाभांश दिने क्षमता राख्छन् ?


क्लिकमान्डु