अब कुनै पनि ब्राण्डको गाडीसँग हुण्डाईको गाडी एक्सचेन्ज गर्न सकिने
काठमाडौं । नेपालमा हुण्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ह्विल्स अफ चेन्ज नामक नयाँ एक्सचेञ्ज अफर ल्याएको छ । यससँगै कुनै पनि ब्राण्डको गाडीसँग अब हुण्डाई गाडी एक्सचेन्ज गर्न सकिने भएको छ ।
‘ह्विल्स अफ चेन्ज’ नामक यस एक्सचेञ्ज अफरमा ग्राहकहरुले आफ्नो कुनै पनि ब्राण्डको गाडी हुण्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सक्नेछन् ।
श्रावण १८ गतेबाट सुरु भएको यो योजना हुण्डाई नेपालले ५ कार एक्सचेन्ज विक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो ।
जस अन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् एक्सचेञ्ज पार्टनर्सहरु रहेका छन् ।
नेपाल भरी नै लागू हुने यो योजनाका लागि उपत्यका बाहिरका लागि भने हुण्डाईको शोरुममा सेवा उपलब्ध हुनेछ ।
यो योजनामा हुण्डाईको विभिन्न उपलब्ध मोडलहरुमा ५ लाखसम्मको नगद छुट, १ लाख ५० हजारसम्मको एक्सचेञ्ज बोनस र २५ हजारसम्मको एसेसरिज पनि प्राप्त गर्न सकिनेछ।
एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीले जनाएको छ । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ चार्जिङ्ग पोइन्टसहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।