यी ५ बैंकले दिन्छन् कम ब्याजमा घर कर्जा



काठमाडौं । घर कर्जा लिँदै हुनुहुन्छ ? कुन बैंकले सबैभन्दा कम ब्याजदरमा कर्जा दिन्छन् भन्ने जान्न चाहनु भएको छ भने यहाँ अन्यको तुलनामा कम ब्याज लिने पाँचवटा बैंक र ब्याज दरबारे प्रस्तुत गरिएको छ ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले दुई प्रकारका कर्जा योजना सञ्चालन गरेको छ । होम लोन(नेपाली सेनाका लागि) र योर आउन होम लोन शीर्षकका योजना राष्ट्रिय वाणिज्य बैंकले सञ्चालन गरेको छ ।

सेनाका लागि ८.३४ र २० वर्षका लागि योर आउन होम लोन योजनामा ९.७७ देखि १०.५२ प्रतिशत ब्याज लिने बैंकले जनाएको छ । यो योजनाका लागि ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ ।

त्यसैगरि नबिल बैंकले ९.५२ देखि १४.५२ प्रतिशतसम्म ब्याज लिने गरि घर कर्जा उपलब्ध गराउने जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले होम लोन शीर्षकमा ९.५७ देखि १४.५७ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । यसका लागि ०.७५ प्रतिशत प्रोसेसिङ फि लिने बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले होम लोन शीर्षकमा ९.९२ प्रतिशतदेखि १४.४२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । यो योजना लिनका लागि ०.७५ प्रतिशत प्रोसेसिङ फि लाग्ने बैंकले जनाएको छ ।

त्यस्तै सिद्धार्थ बैंकले होम लोन शीर्षक अन्तर्गत ११. ७५ प्रतिशत ब्याज तोकेको छ । तर बैंकले यो योजनामा अफर रहेको जनाएको छ ।

सीमित अवधिका लागि भन्दै सिद्धार्थ बैंकले १०.९९ प्रतिशत ब्याजमा विशेष घरकर्जा सुविधा ल्याएको जनाएको छ । बैंकका अनुसार पहिलो ७ वर्षका लागि ब्याजदर स्थिर हुनेछ ।


क्लिकमान्डु