घर कर्जामा एनआईसी एसिया बैंकका ६ स्किम, कुनमा कति ब्याज दर ?



काठमाडौं । एनआईसी एसिया बैंकले घरकर्जा अन्तर्गत विभिन्न ६ प्रकारका कर्जा योजना सञ्चालन गरेको छ ।

बैंकले न्यूनतम १०.१८ प्रतिशतदेखि अधिकतम १६. १८ प्रतिशतसम्म व्याज लिने जनाएको छ ।

बैंकले होम लोन इक्विटी शीर्षकमा १५ वर्षका लागि न्यूनतम १०. ८ देखि १६.१८ प्रतिशत व्याज लिने जनाएको छ । त्यसैगरि समय नतोकि होम लोन शीर्षकमा १०. १८ देखि १६.१८ प्रतिशत व्याज लिने बैंकले जनाएको छ ।

होम लोन ओडी शीर्षकमा १०. १८ देखि १६.१८ प्रतिशत व्याज स्किम रहेको बैंकको होम लोन इक्वीटी-फिक्स रेट, रेसिडेन्सियल होमलोन फिक्स, इजी होम इक्विटी फिक्स रेट शीर्षकमा १४.९९ प्रतिशत ब्याज लिने बैंकले जनाएको छ ।


क्लिकमान्डु