हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर



काठमाडौं । नेपालका लागि हिताची होम अप्लायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रालिले थप चारवटा विशेष होम अप्लायन्सको उत्पादन नेपाली बजारमा ल्याएको छ । हिताचीका नयाँ उत्पादनको उद्घाटन संयुक्त रुपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, युनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीले गरेका छन् ।

कम्पनीले नवप्रवर्तन र ग्राहकको खुसीका लागि प्रतिबद्धता जनाउँदै नवीन प्रविधियुक्त दुई वासिङ मेसिन, एक डबल-डोर फ्रिज र राइस कुकरसहित चारवटा नयाँ हिताचीका उत्पादन बजारमा भित्र्याएको छ । 

हिताची वासिङ मेसिनमा यसमा प्रयोगकर्तामैत्री डिजाइनका साथमा उन्नत प्रविधिको संयोजनसहितको सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै हिताची डबल-डोर फ्रिज आधुनिक रेफ्रिजरेसन प्रविधिको चमत्कार भएको कम्पनीको दाबी छ । खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हिताची राइस कुकर हालै मात्र थपिएको हिताचीको नयाँ उत्पादन हो । यसको उत्पादन खाना पकाउने दिनचर्यालाई अझै सहज र सजिलो बनाउन गरिएको कम्पनीको दाबी छ ।


क्लिकमान्डु