हनुमन्त ग्रुपले साढे ४६ करोड लगानीमा आल्मोनियम उद्योग सञ्चालनमा ल्याउँदै



काठमाडौं । हनुमन्त ग्रुपले सुनसरीमा साढे ४६ करोड लगानीमा लक्ष्मी आल्मोनियम इन्डष्ट्रिज निर्माण गरेको छ । कम्पनीले ४६ करोड ६० लाख रुपैयाँ लगानीमा आल्मोनियम उद्योग निर्माण गरेको हो ।

कम्पनीले ५६ हजार ६०४ स्क्वायरफिट क्षेत्रफलमा आवासीय तथा व्यवसायिक भवन निर्माणका लागि आवश्यक आल्मोनियम प्रोफाइल उत्पादन गर्ने भएको छ । उद्योगबाट मासिक ५ सय मेट्रिक टन आल्मोनियम पदार्थ उत्पादन गर्नेछ ।

मनोज अग्रवाल अध्यक्ष रहेको कम्पनीले ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३४ करोड १० लाख रुपैयाँ अर्थात् सिंगल बी र अल्पकालीन कर्जाका २८ करोड ८२ लाख रुपैयाँ एफोर रेटिङ पाएको छ ।

हालसम्ममा उद्योगको भौतिक कार्य सम्पन्न भइसकेको छ । कम्पनीले ३४ करोड २० लाख रुपैयाँ ऋण लिने र १२ करोड ४० लाख रुपैयाँ कम्पनीले लगानी गर्ने भएको छ ।

कम्पनीले विभिन्न प्रकारका कच्चा पदार्थ भारतसहित अन्य देबाट आयात गरेर विभिन्न प्रकारको आल्मोनियम प्रोफाइल उत्पादन गर्नेछ ।


क्लिकमान्डु