आइपीओ जारी गरेको घोराही सिमेन्टको व्यापार घट्यो, उद्योग विस्तार गर्न साढे १० अर्ब ऋण लिँदै



काठमाडौं । हालै आइपीओ जारी गरेको घोराही सिमेन्टको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२२ देखि घट्दै गएको देखिन्छ । कम्पनीले सन् २०२० मा ५ अर्ब ७३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

तर, सन् २०२२ मा १४ प्रतिशतले व्यापार घटेको छ । कम्पनीले सन् २०२२ मा ५ अर्ब ४ करोड २० लाख रुपैयाँको छ । कम्पनीको व्यापार सन् २०२३ मा झनै व्यापार घटेको तथ्यांकले देखाउँछ ।

कम्पनीले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ अर्ब २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीका अनुसार आर्थिक मन्दीले बजारमा माग कम हुँदा व्यापार घटेको हो । सन् २००७ देखि निरन्तर सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले अन्य सिमेन्ट कम्पनीलाई क्लिंकर पनि बिक्री गर्दै आएको छ ।

कम्पनीले सगरमाथा, गोर्खा र विश्वकर्मा ब्रान्डमा ओपीसी र पीपीसी मिसेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ८ लाख ४० हजार मेट्रिक टन  क्लिंकर र ६ लाख २० हजार ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले लगानी थप गरी उद्योग विस्तार गरेको जनाएको छ । कम्पनीले क्लिंकर उत्पादनको क्षमता ९ लाख ५७ हजार मेट्रिक टन र ग्रान्डिङ सिमेन्ट ४ लाख २० हजार मेट्रिक क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ ।

त्रिवेणी र विशाल ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले भारतमा पनि निर्यात गर्ने तयारी गरेको छ । कम्पनीले सन् २०२२ मा १९.५२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा १५.७६ प्रतिशत र सन् २०२० मा १०.९९ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले उद्योग विस्तारका लागि १० अर्ब ५४ करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ अर्ब ३ करोड ७५ लाख रुपैयाँ अर्थात् ट्रिपल बी र अल्पकालीन कर्जाका लागि २ अर्ब ३५ करोड २४ लाख रुपैयाँ अर्थात् एथ्री प्लस रेटिङ पाएको छ । कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालबाट रेटिङ गराएको हो।


क्लिकमान्डु