प्रि-ओपनिङमा सेयर कारोबारमा सामान्य सुधार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य बढोत्तरी देखिएको छ ।

बजार मापन गर्ने सूचक ०.०३ अंकले बढेर परिसूचक २२२७.२० बिन्दुमा रोकिएको छ । ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर ३९ लाख ५० हजार ४९२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ ।

कारोबारमा निर्जीबन बिमा, लगानी, जलविद्युत, होटल, विकास बैंक समूहको उप सूचक बढेको छ भने बैंकिङ, वित्त, जीवन बिमा, उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेको छ ।


क्लिकमान्डु