सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेले ब्याज फिर्ता र ॠण चुक्ता गर्नुपर्छ: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै सहुलियतपूर्ण कर्जा दुरुपयोग भयो भन्न नमिल्ने बताएका छन् ।

आइतबार मौद्रिक नीति सार्वजनिक पछिको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले दुरुपयोग भएको पाइए सम्बन्धित बैंक कारबाहीमा पर्ने बताए । उनले कर्जा दुरुपयोग गरेको पाए ब्याज सहित उठाउने दाबी गरे ।

ऋण उपयोग गर्नुलाई नै गलत भयो भनेर भन्न नमिल्ने उनको भनाइ छ । यसमा राष्ट्र बैंकले मनिटरिङ गरिरहेको उनको भनाइ छ ।


क्लिकमान्डु