काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडामा रोकिए



काठमाडौं । काठमाडौंबाट फोहोर बकेर गएका गाडीहरु रोकिएका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएपछि फोहोर बोकेका गाडी रोकिएका हुन् ।

सोमबार बिहानैदेखि ककनी गाउँपालिका ३ का वडाध्यक्ष घनश्याम बजगाईंसहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरुलाई अवरोध गरेका छन् ।

माग राख्दै पटक पटक आन्दोलनमा उत्रिए पनि सुनुवाइ नभएकोले आन्दोलनमा उत्रनु परेको बजगाईंले बताए ।
स्थानीयले अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन झिँगा बढी आउने र दुर्गन्धले समस्या परेको भन्दै आक्रोश पोख्ने गरेको उनले बताए ।

केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएका थिए । जसका कारण जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिएका छन् ।


क्लिकमान्डु