विकास बैंकहरुले ब्याजदर घटाउने



काठमाडौं । विकास बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सीइओहरुको संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएशनको बैठकले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाउने भद्र सहमति गरेको हो ।

वाणिज्य बैंकहरुले ब्याजदर निर्धारण गर्न बैंकलाई खुल्ला छाडे पनि विकास बैंकहरु भने संयमित हुँदै ब्याजदर घटाउन सहमत भएका हुन् ।

‘ब्याजदरलाई खुल्ला छाड्दा केही बैंकले बढाउने संभावना छ, त्यसैले अधिक तरलता भएको अवस्थामा केही ब्याजदर घटाएर जाऔं भन्ने सल्लाह भएको छ,’ एशोसिएशनका एक पदाधिकारीले क्लिकमान्डुसँग भने, ‘सबै साथीहरु सहमत हुनुहुन्छ ।’

अहिले विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम् १०.६० प्रतिशत ब्याज दिँदै आएका छन् । साउन १ गतेदेखि यसलाई घटाएर १०.१० कायम गर्ने सल्लाह भएको ती पदाधिकारीले जानकारी दिए ।


क्लिकमान्डु