तारबार गर्न ललिता निवास पुगेको महानगर प्रहरीले ठाउँ खाली गर्न दियो समय
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास जग्गामा वनेका अवैध संरचना हटाउन निर्देशन दिएका छन् ।
आइतबार दिउँसो बालुवाटारस्थित ललिता निवास क्षेत्रमा पुगेको महानगर प्रहरीको टोलीले त्यहाँ जस्तापाता बेरेर टहरा बनाएर बसेकाहरुलाई तत्काल खाली गर्न निर्देशन दिएको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवैध संरचना हटाउने निर्देशन दिए ।
सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको र आफूहरु अवैध संरचना हटाउन आएको उनले बताए ।
ललिता निवासको जग्गा पहिला सरकारी नै रहेको र विभिन्न माध्यमबाट व्यक्तिको नाममा गएको भन्ने आइरहेको बताउँदै उनले सरकारी जग्गाको संरक्षण गर्ने काम स्थानीय सरकारको भएको बताए ।
‘स्थानीय तहको अधिकारलाई हेरेर महानगरको प्रहरी संरचनाहरु हटाएर यसलाई संरक्षण गर्न आएको हो’ उनले भने ।