५ दिनयता सुनको मूल्य निरन्तर ओरालो, तोलामा कति घट्यो ?
काठमाडौं । पाँच दिनयता सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।
गत सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको थियो । मंगलबार २ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो ।
बिहीबार प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पुनः ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
महासंघअनुसार शुक्रबार तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य ५ दिनको अवधिमा प्रतितोला ११० रुपैयाँले घटेको छ । गत आइतबार चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, सोमबार ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ, मंगलबार १० रुपैयाँले घटेर १४ सय ३० रुपैयाँ, बुधरबार ४५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ र बिहीबार २५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम भएको थियो ।
शुक्रबार पुनः २५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ ।