क्षेत्राधिकारमै नरहेको विषय बालेनको नीति तथा कार्यक्रममा



काठमाडौं । स्थानीय तहको क्षेत्राधिकारमै नरहेको विषयलाई पनि समेट्दै काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सार्वजनिक आगामी आर्थिक वर्ष २०८०/०८१ गरेको नीति तथा कार्यक्रम स्थानीय तहको क्षेत्राधिकारमै नरहेको विश्वविद्यालय स्थापना गर्ने विषयलाई पनि प्रस्तुत गरिएको छ ।

‘परम्परागत कला र साहित्यको प्रवर्धन गर्दै ललितकला विकासको लागि छुट्टै विश्वविद्यालय स्थापनाका लागि अध्ययन गरिनेछ ।’, नीति तथा कार्यक्रममा भनिएको छ ।

तर, नेपालको संवीधानले स्थानीय तहलाई एकल रुपमा विश्वविद्यालय स्थापना गर्ने विषयमा अधिकार दिएको छैन । संवीधानको अनुसूचि ८ मा रहेको ‘स्थानीय तहको अधिकारको सूचि’अन्तर्गत रहेका २२ विषयहरुमा कतै पनि स्थानीय तहले विश्वविद्यालय स्थापनाको अधिकार भएको उल्लेख गरिएको छैन ।

तर, महानगरका मेयर बालेनले भने संवीधानले दिएको क्षेत्राधिकारभन्दा बाहिर जाँदै विश्वविद्यालय स्थापनाका लागि अध्ययन गर्ने विषयलाई नीति तथा कार्यक्रममा नै समावेश गरेका छन् ।


क्लिकमान्डु