प्रधानमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण



विराटनगर । पूर्वी पहाडी जिल्लाहरुमा गएको बाढी पहिरो निरीक्षणका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल सवार हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाको तुम्लिङटार गएको टोली त्यहाँबाट पाँचथर प्रस्थान गरेको थियो ।

मौसमको प्रतिकुलताका कारण प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण गरिएको उनका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

बाढी पहिरो पीडित रहेको ताप्लेजुङ र पाँचथर पुनः जाने नजाने भन्ने विषयमा अहिल निर्णय भइनसकेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी काठमाडौं फर्कने कार्यक्रम थियो । शनिबार रातिदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा संखुवासभामा १ जनाको मृत्यु हुनुको साथै २१ जनाभन्दा बढी बेपत्ता छन् ।


क्लिकमान्डु