विद्यालय बन्द गरे कारबाही गर्ने बालेनको चेतावनी, फिर्ता भयो आन्दोलनका कार्यक्रम
काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । शिक्षा मन्त्रालयले वार्तामा बोलाएको भन्दै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई हालसम्म पनि ८ हजार, १३ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिकमा काम गर्न वाध्य पारिएकोले विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । चरणबद्ध आन्दोलन अन्तर्गत आज सबै सामूदायिक विद्यालयहरु बन्दको निर्णय उनीहरुले गरेका थिए ।
काठमाडौं महानगरपालिकामा भने विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी महानगरका मेयर बालेन्द्र शाहले चेतावनी दिएका थिए । शाहले शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने चेतावनी दिएका थिए ।