सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा आइतबार१४ सय ४५ रुपैयाँ कायम भएको छ र