एमजि जेडएस इभी डिलक्सको बुकिङ खुला, कति पर्छ मूल्य ?
काठमाडौं । एमजि भेइकलको लागि नेपालका आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभी (डिलक्स) को प्रि-बुकिङ खुला गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलोवाट देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा अत्याधिक कर बृद्धि भएतापनि एमजिको यस मोडलको गाडीको मुल्य ५२ लाख ९९ हजार तोकिएको छ । बजेट भाषण अगाडि यस गाडीको मुल्य ५२ लाख ४९ हजार रहेको थियो ।
विभिन्न विद्युतीय मोडलका उपलब्ध गराएको एमजिले आफूलाइ नेपालीहरुको सर्वाधिक रुचाइएको गाडी मध्यमा पर्न सफल भएको कम्पनीको दाबी छ । कोरोना पश्चात विद्युतीय गाडीलाइ आवश्यक कच्चा पदार्थको घट्दो मुल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो अत्याधिक विक्रिका कारणले एमजिले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मुल्य घटाउन सफल भएको छ ।
त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्दि कारण पनि जेडएस इभी (डिलक्स) मोडलको गाडीको मुल्यमा खासै फरक परेको छैन । प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य ५२ लाख ४९ हजार लाख तिर्नुपर्ने जनाएको छ ।
नयाँ एमजि जेड एस इभी (डिलक्स) ९९ मोटर पीक पावरले रहेको छ । २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ । ५१ किलो हावर ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलो मिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ । ३० मिनेट भित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । ८ वर्ष ब्याट्री वारेन्टी रहेको छ ।
यसमा ६ वटा एयर ब्याग, इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन-रुफ, डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।
वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।