
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आवश्यकताअनुसार ठूलो आकारको बजेट बनेको बताएका छन् ।
‘सुनकोशी मरिन, भेरी बबई जस्ता परियोजना हामीले आफ्नै लगानीमा निर्माण गरिरहेका छौं, त्यसमा ठूलो रकम खर्च भएको छ । देशभर साना साना परियोजना पनि पुँजीगत खर्चको माग छ,’ अर्थमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले भने,‘म पनि ठूलो आकारको बजेट ल्याउन हुन्न भन्ने पक्षमा थिएँ । चालु खर्चको दायित्व १२ खर्ब माथि पुगेको छ । देशभरमा विकास निर्माण परियोजना पनि बनाउनै पर्यो जसले गर्दा बजेटको आकार बढेको हो ।’
मन्त्री महतले पछिल्ला वर्षहरुमा मूल्य अभिवृद्धी कर (भ्याट) छुटका सूची बढ्दै जाँदा राजस्व क्षयीकरण भएको बताए ।
‘हामीले यो वर्ष भ्याट छुट पाउने सूची घटाएका छौं । कुन छुटले कहाँ के प्रभाव पर्छ भन्ने अध्ययन गरेरै भ्याट छुटको सूची घटाएको हो,’ मन्त्री महतले भने,‘ स्वदेशी उद्योगलाई संरक्षण गर्न केही बस्तुमा अन्तशुल्क लगाएपनि भ्याट लगाएपछि क्रमश अन्तःशुल्कको सुची घट्दै जाने बताए ।’
मन्त्री महतले कर प्रणालीमा रहेको नीतिगत लुपहोललाई सुधार गर्दै बजेट निर्माण गरिएका आगामी दिनमा उल्लेख्य मात्रामा राजस्व बढ्ने दाबी गरे ।
‘अर्थतन्त्र चलायमान भएर फेरी राजस्व बढ्छ,’महतले भने,‘ नीतिगत लुपहोल प्रयोग गरेर नाफा लिएका व्यक्तिले तपाईंहरुलाई अन्याय भयो लेखिदिनु पर्याे भनेर भन्न सक्छन् तर, हामीले कसैलाई पनि लाभ हुने गरी कर नीति संशोधन गरेका छैनौं । यदी मैले व्यक्तिगत लाभ लिएर बजेट बनाएको पुष्टी गर्न सक्छ भने म तत्काल राजीनामा दिन तयार छु ।’
सरकालले खर्च गर्ने क्षमता बढायो भने वैदेशिक ऋण र सहयोग आउन कनै समस्या नरहेको मन्त्री महतले बताए ।
आगामी दिनमा आवश्यकता अनुसार मौद्रिक र वित्त नीति परिवर्तन हुने र राष्ट्र बैंकलाई यो गर त्यो गर भनेर भन्ने मन्त्री महतले बताए ।
अर्थतन्त्रमा संरचनात्मक सुधार गर्ने प्रयास गरेको र हामीले गरेको प्रयासले लगानीको वातावरणमा सुधार गर्ने मन्त्री महतले दाबी गरे ।
‘तपाईंहरु यसलाई दोस्रो जेनेरेसन सुधार भन्नुस् या जे नाम दिनुस् हामीले प्रविधी निर्यात गर्ने कम्पनीलाई आकर्षित गर्न ५० प्रतिशत कर छुट दिने निर्णय गरेका छौं,’महतले भने,‘विदेश निर्यात गरेर कमाएको केही प्रतिशत रकम विदेशमा लैजान दिने निर्णय गरिएको हो । हामीले साना साना सुधारका प्रयास गरेका छौं । तपाईंहरुले सहयोग गर्नु भयो भने आगामी दिनमा थप सुधार गर्दै जानेछौं ।’
नवपर्वतन लगायतका कयौं क्षेत्रमा गरिएको सुधारले सकारात्मक परिणाम दिन मन्त्री महतले बताए ।
‘अर्थतन्त्र र व्यवसाय फैलियोस् भन्ने बाहेकका कुनै सोच रोखेको छैन’ महतले भने, ‘मैले कुनै बिजनेश ग्रुपलाई फेभर गरेको छैन।’
प्रतिक्रिया