हजका लागि १ हजार ९२ नेपाली मुस्लिम जेठ १६ गतेदेखि मक्का जाने



काठमाडौं । १ हजार ९२ जना नेपाली मुस्लिम धर्मावलम्बीहरु यसवर्षको हजका लागि साउदी अरेबिया जाने भएका छन् ।

साउदी अरब स्थित मक्कामा (पवित्र तिर्थस्थल) हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीहरुको उडान जेठ १६ देखि २२ गतेसम्म हुने नेपाल हज समितिले जनाएको छ ।

सन् २०२३ को हज यात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हज समितिले जनाएको छ । यसको जिम्मा नेपाल हज समितिको नयाँ नेतृत्वलाई दिएको छ ।

अध्यक्ष अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष शमसेर मियाँविरुद्ध अदालतमा मुद्दा दायर भएपछि हज समितिले ममकबुललाई जिम्मेवारी दिएको हो ।

गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको समितिले जनाएको छ ।


क्लिकमान्डु