पाल्पाको जोरधारामा बस दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते



पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार सडकबाट खसेको बस भीरमा अड्किएको छ ।

घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । ‘बस भीरमा अड्किएको अवस्थामा छ । अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने पनि यकिन भइसकेको छैन,’ उनले भने ।

बुटवलबाट पाल्पा जाँदै गरेको लु.१ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारानजिकै दुर्घटना भएको हो ।


क्लिकमान्डु