एमालेले गण्डकी सरकार गुमायो, मुख्यमन्त्री खगराजले पाएनन् विश्वासको मत



पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाएको छ । विश्वासको मत नपाएपछि मुख्यमन्त्री खगराज अधिकारी आज पदमुक्त भएका हुन् ।

गण्डकी प्रदेशसभामा अधिकारीले विश्वासको मत माग्दा २४ जना मात्र पक्षमा देखिएका हुन् । गण्डकी प्रदेशसभा ६० सदस्यीय छ ।

विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्ने थियो । अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत मात्र पाए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा अधिकारी पुस २५ गते मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन भत्किएपछि अधिकारी साढे ३ महिना नपुग्दै पदमुक्त हुनुपरेको छ ।

माओवादी केन्द्रले चैत १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अधिकारीले विश्वासको मत लिनुपरेको थियो ।


क्लिकमान्डु