ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

भाइरल ज्वरोका कारण बिरामी भएपछि घरमै आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित पुगेका हुन् ।

भेटमा नेताहरुबीच यो भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि हिजो छलफल हुने भनिए पनि ओली बिरामी परेपछि नेताहरु बालकोट गएका थिएनन् ।


क्लिकमान्डु