रवि लामिछानेका ड्राइभर तीन तलामाथि बाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर



रवि लामिछानेका चालक राति बसेको घर ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घरको तीन तला माथिबाट तल खसेर घाइते अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुरस्थित एक घरको छतमा रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेका उनी भुइँमा खसेको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा भेटिएका उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।

वैशाख १० को उपनिर्वाचनका क्रममा सभापति लामिछानेलाई लिएर थापा हिजो तनहुँ पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो ।


क्लिकमान्डु