सन् २०२३ मा ५० लाख पर्यटक भित्र्याउने कतारको लक्ष्य



42-58193401

एजेन्सी । विश्वकपपछि केही सुनसान देखिए पनि कतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्रिने अनुमान गरेको छ ।

कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल-बेकरले डिसेम्बर १९ मा भएको विश्वकप फाइनलपछि होटलहरू सुनसान भए पनि चाँडै पर्यटक आगमन बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

तर, प्रतियोगितापछि हरेक विश्वकप आयोजकको अवस्था उस्तै रहने गरेको उनले बताए । जति सुनसान हुनुपर्ने त्यति नभएको र कतारका होटल अझै पनि ६५ देखि ७० प्रतिशतसम्म भरिभराउ रहेको तथ्य उनले प्रस्तुत गरे ।

बेकरले सन् २०२३ को पहिलो त्रैमासमा ११ लाख ६० हजार पर्यटकले कतारको भ्रमण अवलोकन गरेको जानकारी गराए ।

सन् २०१९ मा कोरोना भाइरस महामारीअघि करिब २१ लाख पर्यटक आएका थिए । त्यसबेला दुबईमा २०२२ मा एक करोड ४० लाखभन्दा बढी पर्यटक पुगेका थिए ।

प्राकृतिक ग्याँस सम्पत्तिमा निर्भरता अन्त्य गर्न कतारले पर्यटनका लागि पूर्वाधार र प्रमुख खेलकुद कार्यक्रम आयोजना गर्न अर्बौं डलर खर्च गरेको छ ।

सरकारले सन् २०३० सम्ममा वार्षिक ६० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य कतार सरकारले राखेको छ । ‘मलाई लाग्छ, सन् २०२३ मा हामी लक्ष्यबाट धेरै टाढा हुनेछैनौं,’ बेकरले भने ।

सन् २०२४ को अक्टुबर २ देखि मार्च २८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी हुने ३० लाख पर्यटकमध्ये करिब एक तिहाइ विदेशी हुने अनुमान कतारले गरेको छ ।


क्लिकमान्डु