परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट



काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेट गरेका छन् ।

मन्त्री साउदलाई बधाई दिन भारतीय राजदू श्रीवास्तव मन्त्रालय पुगेका थिए।

साउद परराष्ट्रमन्त्री भएपछि मन्त्रालयमा बधाई दिन पुग्ने श्रीनिवास पहिलो कुटनितीज्ञ हुन् ।

भेटमा दुई देशको सम्बन्ध बलियो बनाउने र प्रधानमन्त्री पुष्पकमल दाहालले यही महिना गर्न लागेको भारत भ्रमणका विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री साउदले दुई देशबीच देखिएका असहमतिलाई संवादबाट अत्यत्य गर्दै भारतसँग सौहार्दपूर्ण सम्बन्ध बनाउने आफ्नो प्राथमिकता रहेको बताएका थिए।


क्लिकमान्डु