एमाले अध्यक्ष ओलीलाई भाइरल ज्वरो



फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको ओलीले उल्लेख गरेका छन् ।

ज्वरो आएपछि आफू अहिले एन्टिबायोटिक औषधि सेवन गरेर घरमै आराम गरिरहेको ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनका कार्यक्रममा आफू सहभागी हुन नसकेको र स्वास्थ्य अवस्था ठीक भएपछि पुग्ने उनले बताएका छन् ।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु । तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।


क्लिकमान्डु