प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छुः नवनियुक्त परराष्ट्रमन्त्री साउद



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाइहाल्ने बताएका छन् ।

आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताए ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरुसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए ।

आफूले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रुपमा चिनाउन पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । मन्त्री साउदले छिमेकीसहितका देशहरुसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहि आएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने पनि बताए ।


क्लिकमान्डु