एफएनसीसीआई चुनावः वस्तुगततर्फ पछि परे संघई, अन्जन र उमेश कति कति पाए मत?



काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यष वस्तुगततर्फको मतगणना सकिँदा रामचन्द्र संघई पछि परेका छन् ।

कुल १२३ मत गणना सकिँदा संघईले १२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, अन्जन श्रेष्ठले ४१ मत पाए भने उमेशलाल श्रेष्ठले ६९ मत प्राप्त गरेका छन् ।

एसोसिएट र जिल्ला नगरको मतगणना सकिएपश्चात सुरु भएको वस्तुगततर्फको मतगणना हाल सकिएको हो ।

एसोसिएटतर्फ कुल मतगणना भइसक्दा रामचन्द्र संघईले ६१० मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५५८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ४१५ मत प्राप्त गरेका छन् । त्यस्तै, जिल्ला नगरतर्फ अन्जनले ४७, रामचन्द्रले ३९ र उमेशले २८ मत पाएका हुन् ।

वरिष्ठ उपाध्यक्षतर्फकाे सम्पूर्ण मतगणना भइसकेकाे छ ।


क्लिकमान्डु